हेटौँडा । हेटौँडा–६ शान्तिटोलमा लगाईएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा १७ लाख ४४ हजार बचत भएको छ । शान्तिटोल टोल विकास संस्थाले फागुन ७ गतेदेखि १५ गतेसम्म लगाईएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम संकलन हो ।

सप्ताहको आयब्यय विवरण शनिवार संस्थाको कार्यालय शान्तिटोलमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो । सप्ताहमा विभित्र दाताहरुबाट २७ लाख ११ हजार, ४२५ कलश विक्रीबाट १ लाख २१ हजार ८ सय, धान बिक्रीबाट ७४ हजार ४ सय, घण्टी दानबाट ३६ हजार १ सय , ब्रम्हाण भोजनबाट २७ हजार ७७५, दानपेटीकाबाट ३० हजार २५०, चामल विक्रीबाट ७ हजार ५ सय अन्य आम्दानी १७ हजार ६४६ गरि कुल ३० लाख २६ हजार ८९६ आम्दानी भएको छ ।

यसैगरी ब्रम्हाण दानमा १ लाख ४० हजार, कलाकार पारिश्रमिकमा १ लाख २७ हजार, छपाईमा २ लाख ३३ हजार, साउण्ड सिष्टममा ९५ हजार,रामनामी खरिदमा ८० हजार कलश खरिदमा ९६ हजार टेण्ट भाडामा १ लाख ४७ हजार खर्च भएको छ ।

यसैगरी रुद्राक्ष माला खरिदमा ४० हजार, पूजा सामान खरिदमा ३१ हजार, सामान खरिदमा ३९ हजार , कपडा खरिदमा ३६ हजार, बाजामा २३ हजार, भजनटोलीमा १५ हजार, सरसफाइमा १५ हजार , प्रचार प्रसारमा २० हजार र विविधमा १ लाख ४७ हजार ४८० खर्च भएको कोषाध्यक्ष पूर्णभद्र चौलागाईले बताए ।

बाँकी रहेको रकमले हेटौँडा–६ मा रहेको विपी गणेशमान स्मृति शान्तिपार्कमा ज्येष्ठ नागरिक भवन र राधाकृष्ण मन्दिर निर्माण गरिने संस्थाले जनाएको छ । शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा भूमि आयोग मकवानपुरका सदस्य अर्जुनप्रसाद चौलागाई, नेकपा एमाले हेटौँडा ६ का अध्यक्ष विश्वराज राई, ज्येष्ठ नागरिक मञ्च हेटाैँडा ६ का अध्यक्ष बासुदेव सापकोटा, मुनलाईट ईन्टरनेशनल स्कूलका प्रवन्ध निर्देशक भरत सापकोटा, स्थानीय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।