हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ , धादिङले मकवानपुरमा रहेको सामुदायिक वनको अवलोकन गरेको छ । सहभागिहरुले हेटौडा ६ मा रहेको रानी सामुदायिक वनको अवलोकन गरेका हुन ।
सहभागीहरुलाई रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, सचिव अमुना सापकोटा , कार्यालय सचिव भीमसेन पौडेल र कर्मचारी हरिचन्द्र सापकोटाले वनले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
फेकोफन धादिङका अध्यक्ष भवनाथ अधिकारीको नेतृत्वमा आएको भ्रमण दलमा फेकोफन केन्द्रीय सदस्य शर्मिला विश्वराल, फेकोफन धादिङका उपाध्यक्ष नवराज धिताल, निवर्तमान अध्यक्ष नारायण प्रसाद पोखरेल, पूर्व अध्यक्ष भक्त सिम्खडा , जिल्ला कोषाध्यक्ष कल्पना सापकोटा र विभिन्न सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा फेकोफन केन्द्रीय सदस्य रामहरि चौलागाई , मकवानपुर अध्यक्ष साधुराम चौलागाई समेतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्