हेटाैँडा । हेटौँडा–५ स्थित पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको २६औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
कार्यक्रम हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्य र समूहका अध्यक्ष रामहरि चैलागाईको सभाध्यक्षतामा सम्पन्न भएको थियो।
सभा क्रममा अध्यक्ष चैलागाईले समूहको प्रगतिबारे जानकारी गराउँदै आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि एक करोड २९ लाख ४२ हजार ८९२ रुपैयाँको अनुमानित आय–व्यय प्रस्ताव पेस गरे । समूहका कोषाध्यक्ष रिता आचार्यले आर्थिक वर्ष ०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरे ।
सभामा सामुदायिक वनको विकास र विस्तारमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिएको थियो। पुरस्कृत हुनेमा बागमती प्रदेश वन निर्देशनालयका वन अधिकृत सविना रिजाल, डिभिजन वन कार्यालय मकवानपुरका सब–इन्जिनियर निशान शर्मा, ‘सिधा खबर डटकम’ का संवाददाता श्रीराम अर्जुन, श्रमजीवी महिला हस्तकला संघकी अध्यक्ष विष्णु राई, उत्कृष्ट कार्यसमिति सदस्य बालकुमारी अधिकारी, सानु सिंह ठकुरी लगायत रहेका थिए।
कार्यक्रममा मकवानपुरगढी–४ का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, हेटौंडा–५ का वडासदस्य रामबहादुर राई, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चैलागाई, स्थानीय महासंघ हेटौँडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, बागमती प्रदेश वन निर्देशनालयका वन अधिकृत टंकनारायण श्रेष्ठ, डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत बसन्तराज गौतम, न्यूरेनी–चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, बनस्खण्डीदेवी सामुदायिक वनका अध्यक्ष भवसागर श्रेष्ठ, रानी सामुदायिक वनका उपाध्यक्ष महेन्द्रकुमार श्रेष्ठ तथा समूहका अन्य पदाधिकारी, उपभोक्ता र सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
पिप्ले पोखरा सामुदायिक वन २ सय ९ हेक्टर क्षेत्रमा फैलिएको छ र यसमा १ हजार ६ सय घरधुरी आबद्ध छन्।


भीमसेन पौडेल 








प्रतिक्रिया दिनुहोस्