हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय राजकुमार हुमागाई रहेका छन् ।
शुक्रबार दिउँसो १२ बजेको समयमा आफ्नै बारीमा रहेको चाँपको रुखमा चढी घाँस झार्ने क्रममा लडेर हुमागाई गम्भीर घाइते भएका थिए । हुमागाईंलाई हेटौँडा अस्पताल सामान्य उपचार पश्चात थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको थियो ।
शुक्रबार राति ९ बजे उपचारको क्रममा उहाँको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।












प्रतिक्रिया दिनुहोस्