हेटौंडा । चक्कु प्रहार गरेको आरोपमा मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेवीमा मादक पदार्थ सेवनगरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।
आज दिउँसो मादक पदार्थ सेवन गरी साइकलमा कवाडीको काम गर्ने भारत मोतिहारी घर भई हेटौंडा–४ कमलडाडा बस्ने अन्दाजी १८ बर्षीय जोधा कुमार सहनिलाई स्थानीय दुई युवाले चक्कु प्रहार गरेका थिए ।
लुट्ने प्रयास स्वरुप सहनिलाई मादक पदार्थ सेवन गरेका हटिया बस्ने अन्दाजी ३२ को सन्तोष राई र हेटौडा ९ लामसुरे बस्ने अन्दाजी १९ बर्षीय शुसिल मोक्तानले चक्कु प्रहार गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन् ।
चक्कु प्रहार गरी फरार रहेका दुवैजनालाई वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक केशर कुमार न्यौपाने नेतृत्व टोलीले हेटौडा–१७ सिसौघारीबाट चक्कु सहित पक्राउ गरेको जनाइएको छ । चक्कु प्रहारबाट घाइते सहनिको हेटांैडा अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ । पक्राउ परेका दुवैजनालाई जिप्रका मकवानपुरमा राखिएको र आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस्