हेटौंडा । बुधबार दिउँसो पूर्णता पाएको बागमती प्रदेशको मन्त्रिपरिषदमा मकवानपुरका दुईजना मन्त्री बनेका छन् । मकवनपुरका एमालेबाट निर्वाचित एकालाल श्रेष्ठ र माओवादी केन्द्रबाट निर्वाचित कुमारी मोक्तान मन्त्री बनेका हुन् ।
श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री र मोक्तान सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मन्त्री श्रेष्ठ र मोक्तानले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको शिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् ।
एमालेबाट मन्त्री बनेका श्रेष्ठ मकवानपुर क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका आनन्दाराम पराजुलीलाई पराजित गरेका थिए ।
यस्तै मोक्तान मकवानपुर क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले एमालेका विष्णु प्रसाद ढकाललाई पराजित गरेकी हुन् । मोक्तान यसअभि पनि राजेन्द्र पाण्डेको मन्त्रिपरिषदमा सामाजिक विकास मन्त्री नै रहेकी थिइन् ।












प्रतिक्रिया दिनुहोस्