हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटांैडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३ दिने लेखा ब्यवस्थापन तालिम बुधवार हटियामा सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालले लेखा तालिम प्रत्येक सामुदायिक वनमा मात्रै नभएर सबै संघसंस्थामा काम गर्ने ब्यक्तिहरुको लागि उपयोगी हुने बताए । सिकेका सीपलाई आफनो समूहमा लागु गर्न आग्रह गदैै वडा अध्यक्ष सत्यालले वडा कार्यालय वडा भित्र रहेका सबै सामुदायिक वन समूहलाई सक्षम बनाउन लागिपरेको बताए ।
सामुदायिक वन समूहलाई समूहको लेखा ब्यवस्थित, पारदर्शी र समूहमा सुशासन स्थापित गराउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको हो ।
तालिममा बंशगोपाल माविका प्राचार्य रमेश प्रसाद लामिछाने, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको थियो ।
सव डिभिजन वन कार्यालय, हर्नामाडी अन्तरगत रहेका विभिन्न सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा संयोजक र उपभोक्ताहरु समेत गरि तालिममा ३५ जनाको सहभागिता रहेको छ ।












प्रतिक्रिया दिनुहोस्