हेटौंडा । हेटौंडा–२ मा रहेको वनस्खण्डी देवी सामुदायिक वन उपभोक्ता समूहको नव निर्वाचित पदाधिकारीहरुलाई आज सपथग्रहण गराइएको छ । निर्वाचन अधिकृत ईश्वरी राज ढकालले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्दै सपथ खुवाएका हुन । उनले निर्वाचनमा विजयी भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

समूहको अध्यक्ष भवसागर श्रेष्ठ, उपाध्यक्ष उर्मिला न्यौपाने, सचिवमा लक्ष्मी तिमल्सिना गौतम, कोषाध्यक्षमा मिनाकुमारी राना निर्वाचित भएका थिए । समूहको सह–सचिवमा मीना कुमारी पराजुली निर्विरोध निर्वाचित भएकी थिइन् ।

त्यस्तै सदस्यहरुमा तारा भण्डारी, मन्जु नेपाल, पासाङ डोल्मा योञ्जन, राजन प्रसाद पौडेल, मिना सुवेदी चालिसे,सुनिता कुमारी शर्मा निर्वाचित भएका थिए । त्यस्तै शान्तवना कार्कीलाई सदस्यमा मनोनित गरिएको थियो ।