हेटौंडा । स्थानीय तह चुनावको प्रचारप्रसारको क्रममा विहीबार विहान झडप भएको छ ।

मकवानपुरको राक्सिराङ–४ स्थित वडा कार्यालय नजिकै कांग्रेस कार्यकर्तामाथि एमाले युवाले हातपात गरेको स्थानीयले जनाएका छन् । एमाले कार्यकर्ताले कांग्रेस स्थानीय नेता उदास लामालाई कुटपिट गरेका हुन् ।

एमालेका जीवन लामा र अशोक लामाले उनीहरुलाई हातपात गरेको बताइएको छ । उदास सामान्य घाइते भएका छन् । उनीहरुविरुद्ध उदास लामो इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी परेको छ ।