हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट तीनसय चरा बरामद गरेको छ ।

पुर्वपश्चिम सडकखण्ड अन्तर्गत बुधबार गाईघाटबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३–००१ ख.१६८२ नम्बरको बसबाट उक्त चरा बरामद गरेको हो ।

बसको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा ३०० वटा जंगली चरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको सो चरालाई स्थानीय बन कार्यालयको कर्मचारीको रोवहरमा बुधबार बिहान ११ बजेर १५ मिनेटको समयमा जंगलमा छोडेको बताईएको छ । उक्त चरा कटेरो नामक रहेको भन्ने बनका कर्मचारिबाट खुलेको प्रहरीले जनाएको छ ।