हेटौंडा । अटोमोबाईल्स एसोसिएसन मकवानपुर हेटौंडाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ३ दिन डेंगी रोग नियन्त्रणका लागि बिबिध कार्यक्रम गर्ने भएको छ ।

एसोसिएसनले बुधबार र बिहिबार दिउँसो ४ बजे हेटौंडा उपमहानगरपालिकासंगको सहकार्यमा ग्यारेज र आसपास क्षेत्रमा जनचेतना सहित डेंगी नियन्त्रण गर्न स्प्रे छर्कने, शुक्रवार बिहान ७ बजे बुद्धचोकमा खुल्ला रक्तदान कार्यक्रम गर्ने र शुक्रबार दिउँसो हेटौंडा अस्पताललाई १०० वटा डेंगी परिक्षण किट हस्तान्तरण गर्ने कार्यक्रम रहेको एसोसिएसनका अध्यक्ष दामोदर अटलले बताए ।

नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालसंगको सहकार्यमा हुने कार्यक्रममा सहभागी हुन सम्पूर्णमा एसोसिएसनका पदाधिकारीलाई महासचिब दिपेन्द्र उप्रेतीले आग्रह गरे । साथै नेपालको इतिहासमा पहिलो पटक भृकुटीमण्डपमा हुने यहि असोज ६,७,८ र ९ गते हुने विद्युतीय सवारी प्रदर्शनीमा सहभागी हुन समेत महासचिब उप्रेतीले अनुरोध गरे ।

पत्रकार सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष धर्म रिमाल, निबर्तमान अध्यक्ष सागर सापकोटा लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो । २०५२ सालमा स्थापित एसोसिएसनले सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा र स्वास्थ्यको क्षेत्रमा विविध कार्य गर्दै आएको छ ।

राज कुमार के.सी.
थप जानकारी