हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बागमती गाउँपालिकाको फापरवारीमा हाट बजार लागेको छ । पुरानो बजार फापरवारीको हाट बजारमा किनमेल गर्न आउने बाक्लो चहलपहल बढेको हो ।

प्रत्येक शुक्रवार हाट बजार लाग्ने गरेपनि नजिकिदै गरेको तिहार संगै किनमेल गर्न आउनेको भिड बढेको छ । तिहारको लागि भाई मसलादेखि दैनिक उपभोग्य सामाग्री किन्न आउनेहरुको घुँइचो लागेको छ । खाद्यान्नदेखि लत्ता कपडा तथा दैनिक उपभोग्य सामाग्री हाट बजारमा किनमेल गर्नेहरुको भिड थियो ।

गाउँमा उत्पादन भएको स्थानीय जातको केरा, बेसार, साग, सुन्तला, स्थानीय खोलाको माछा हाट बजारमा उपलब्ध थिए । हाट बजारमा नयाँ लुगा किन्ने र तिहारको लागि आवश्यक सामाग्री लिनका लागि उपभोक्ताहरुको भिड लागेको थियो । यसरी संचालन भईरहेको हाट बजारले पुरानो र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न टेवा पु¥याएको छ भने स्थानीयलाई आर्थिक उपार्जन गर्नमा पनि सहयोग पु¥याएको छ ।