हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा कपिल खड्का सर्वसम्वत चयन भएका छन् ।

सोमबार हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभाबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

च्लचित्र पत्रकार संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा दिपेश दाहाल चयन भएका छन् । त्यस्तै संघको सदस्यमा मञ्जु मैनाली, सन्नु रिजाल, प्रवेश धिताल चयन भएका हुन् ।