हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित कमलडाडामा रहेको ब्रह्मदिक् एकेडेमीका बिद्यार्थीहरुले आफ्नो खाजा खर्चको रकम कटाएर ग्रामिण क्षेत्रको एक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन । खाजा खर्चको रकम कटाएर मनहरी गाउँपालिका वडा नं. १ चकरी भोर्लेटाडीको श्री प्राथमिक विद्यालयका ९० जना बिद्यार्थीहरुलाई उनीहरुले शैक्षिक सामाग्री सहयोग गरेका हुन ।

सानै उमेरदेखि सहयोगको भाव विकास गराउन बिद्यालय परिवारले बिद्यार्थीलाई यस्तो शिक्षण बिधि सिकाएको हो । सामाजिक शिक्षा विषय अन्तर्गत विद्यार्थीको समाजसँग अन्तरघुलन हुन सके भविष्यमा समाजलाई राम्ररी बुझ्न सक्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको बिद्यालय परिवारले जनाएको छ । ब्रह्मदिक् एकेडेमीको कक्षा ९ का छात्रछात्राहरुले गत वर्षदेखि ग्रामिण विद्यालयमा पढ्ने विपन्न विद्यार्थीलाई आफ्नो खाजा खर्च कटाइ केही रहम बचत गरी सोही बचतबाट शैक्षिक सामग्री खरीद गरी एक बालक एक विद्यार्थी बराबर सहयोग गरेका हुन । कक्षा १ देखि कक्षा १० का विद्यार्थीहरुले शैक्षिक सामग्री संकलन गरी मनहरीको प्राथमिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका ९० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रअ, शिक्षक, शिक्षिकाहरु, अभिभावक साथै ब्रह्मदिक एकेडेमीका सञ्चालकद्वय भोलाप्रसाद शिवाकोटी, माधवप्रसाद आचार्य, स.प्र.अ. अर्चना दहाल, शिक्षकद्वय राजेश महतो र अमित क्षेत्री लगायतकाको सहभागिता रहेको थियो ।