हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता पुरस्कार–२०८० हेटौंडाका पत्रकार पोष्टराज अधिकारी कुमारलाई प्रदान गर्ने भएको छ ।

चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले जेष्ठ ७ गते अधिकारीलाई सो पुरस्कार प्रदान गर्न लागेको हो । अधिकारी चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष समेत हुन । अधिकारीलाई नगद ५ हजार सहित सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट बरिष्ठ पत्रकार राजन घिमिरेलाई प्रदान गर्ने भएको छ । घिमिरेलाई नगद १० हजार सहित सम्मानपत्रको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको संघका अध्यक्ष कपिल खड्काले बताए । घिमिरे चलचित्र पत्रकार संघका संस्थापक कार्यसमित सदस्य समेत हुन । उनि करीब तिन दशक देखी पत्रकारीता क्षेत्रमा सकृयछन् ।

सोही अबसरमा मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा जम्न सफल कलाकारहरुलाई सम्मान स्वरुप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट यो वर्ष कलाकर्मी सम्मान–२०८० बाट कलाकार सुलेमान शंकर ईकुलाई प्रदान गरीने बताईएको छ ।