हेटौंडा । हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर गएको आमनिर्वाचनमा प्रतिस्पर्धा गरेका दिपेन्द्र चन्द ठकुरीले आफ्नो चुनावी खर्च निर्वाचन आयोगलाई बुझाएका छन् ।
ठकुरीले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रु. ४१,५१९.९९ (एकचालिस हजार पाँच सय उन्नाइस रुपियाँ उनान्सय पैसा) खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।
ठकुरीले बुझाएको विवरणअनुसार पर्चा २२ हजार ७५०, फ्लेक्स ४ हजार ४७० र डिजेल खर्च १४ हजार २९९ रुपियाँ ९९ पैसा खर्च भएको उल्लेख गरिएको छ । निर्वाचनमा ठकुरी मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट लौरो चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्