हेटौंडा । बागमती प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकले बजेट बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारले गत असार १ गते ६२ अर्ब ७० करोड ९० लाखको बजेट प्रस्तुत गरेको थियो । प्रदेशसभामा गत असार १२ गतेदेखि बजेटमाथि छलफल सुरु भए पनि प्रतिपक्षको अबरुद्धका कारण १७ गतेबाटमात्रै छलफल सुरु भएको थियो ।

बजेटमाथिको छलफलमा ५४ जना प्रदेशसभाका सासंदले भाग लिएका थिए, भने ९ जना सासंदहरुले बजेटमाथि संसोधन प्रस्ताव दर्ता गराएका थिए । बजेटमाथि उठेका सबै प्रश्नको विषयगत मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिएका थिए ।