हेटौंडा । बागमती प्रदेश उद्योग परिसंघको दोस्रो अधिवेशनले लेखराज पोखरेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । पोखरेल यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

हेटौंडामा शनिबार भएको अधिवेशनले परिसंघको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन कँडेल, उपाध्यक्षहरुमा स्वागतराज प्याकुरेल, दिवस न्यौपाने, सूर्यप्रसाद न्यौपाने निर्वाचित भएका छन् । कार्यसमितिमा ११ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले महिला उद्यमी मञ्च र युवा उद्यमी मञ्च पनि निर्वाचित गरेको छ ।