हेटौँडा । पूर्व पश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको मनहरी–६ नयाँ बजारमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक हेटौँडा–८ कमानेका ४५ वर्षीय दिनेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार साँझ चितवनबाट हेटौँडा बजार तर्फ आउँदै गरेको कार्की सवार बागमती प्रदेश ०३–००४प ६९७३ नम्बरको बुलेट मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ७७२१ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका कार्कीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा शनिबार रातिनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । ट्रक तथा चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया बस्ने ४२ बर्षिय सन्तोष धिताललाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया दिनुहोस्