हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले संस्थाको कार्यालयमा एकदिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संस्थाको चालू आव. ०८०-०८१ को स्वीकृत कार्यक्रम अनुसार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले दुग्ध उत्पादक किसानहरुको दूधको भुक्तानीको लागि उपमहानगरपालिकाले सहजिकरण गरेका थिए । सहकारी संस्थाहरु नीति, विधि र पद्वतिमा चल्नु पर्ने बताउँदै उनले सहकारीको भौतिक संरचना निर्माणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताए । पशु स्वास्थ्य बीमाले पशु धनीहरुलाई फाइदा पुग्ने भएकाले बीमा गर्न आग्रह गरे ।

कार्यक्रममा शिखर ईन्स्योरेन्स हेटौँडाका प्रमुख प्रमोद पोखरेलले बन्द रहेको पशु बीमा खुल्ला भएकाले आफ्ना सबै पशुहरुको बीमा गरि सुरक्षित गर्न आग्रह गरे । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–६ का कार्यबाहक वडा अध्यक्ष विजय पौडेल, संस्थापक अध्यक्ष हरि प्रसाद पौडेल, पूर्व अध्यक्ष बासुदेव अधिकारी , बासुदेव सापकोटा , साधुराम चौलागाई, निवर्तमान अध्यक्ष श्याम प्रसाद न्यौपाने उपाध्यक्ष केशव धिताल, सञ्चारकर्मी भीमसेन पौडेल, सञ्चालक समिति, लेखा समिति , शेयर सदस्य लगायतको सहभागीता थियो । कार्यक्रम संस्थाका अध्यक्ष रामहरि चौलागाईको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।