हेटौँडा । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मकवानपुरले बुधवार हेटौँडामा विविध कार्यक्रमको आयोजना गरेको छ । बार्षिक कार्यक्रम अन्र्तगत परिषद्ले अन्तर विद्यालय हाजिरिजवाफ, नागरिक अभिनन्दन र एसइइ सम्मान कार्यक्रम गरेको हो ।

अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगितामा १६ विद्यालयलाई पछि पार्दै आधुनिक राष्ट्रिय माविका प्रथम, ब्रम्हादिक मावि द्धितिय र तासिर बोर्डिङ तृतिय भएको थियो ।

कविराज ढकाललाई नागरिक अभिनन्दन गरिएको कार्यक्रम संयोजक प्रकाश वाग्लेले जानकारी दिए । सामाजिक तर्फ सामाजिक व्यक्तित्व राम कृष्ण थापालाई सम्मान गरिएको हो । एसइइमा प्रणामी सम्प्रदायबाट छात्र तर्फ बिराज तिमल्सिना र छात्रा प्रकृति तिमल्सिनालाई सम्मान गरिएको थियो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता एवम् श्रीकृष्ण प्रणामी युवा परिषद् मकवानपुरका अध्यक्ष सुजन तिमल्सिनाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद् मकवानपुरका सचिव राजेश वाग्लेले सञ्चालन गरेका थिए ।