हेटौँडा । धरान चतरा सडक खण्डको हेटौँडा–१८ रामधुनी चोकमा आफैं अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा चालक हेटौँडा–१८ हर्नामाडीका ३१ बर्षिय तिलक बहादुर घिसिङ र पछाडी बस्ने सोही स्थानका २३ बर्षिय पेमा घिसिङ घाइते भएका हुन ।
प्रहरीका अनुसार तिलक र पेमाको टाउमा चोट लागेको छ । फापरबारीबाट हेटौँडा बजार तर्फ आउँदै गरेको ना.३८प९८३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । घाइते दुबैजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।












प्रतिक्रिया दिनुहोस्