हेटाैँडा । हेटाैँडा -६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाद्वारा शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना गरिएको छ ।
नेपालीहरूको महान चाड विजयादशमी, दिवावली, नेपाल सम्बत तथा छठ लगायतकाे पर्वहरुकाे अवसर पारेर सहकारीले शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
कार्यक्रममा सहभागीहरुले चाडपर्वले धर्म र संस्कृतिकाे संरक्षण हुनुकाे साथै परिवारमा मिलन र खुशी ल्याउने बताए । आफ्नाे क्षमता अनुसार चाडपर्व मनाउनु पर्नेमा जाेड दिदै सहभागीहरुले कार्यक्रमले सद्भाव कायम गर्न मद्धत गर्ने बताए ।
कार्यक्रममा हेटाैडा ६ का वडा सदस्य विजय पाैडेल, निवर्तमान वडा सदस्य रामहरि राई, संस्थाका सल्लाहकार विनाेद चन्द्र काेईराला, टाेल विकास संस्था हेटाैडा ६ का अध्यक्ष बासुदेव खतिवडा, नारायणी दुग्ध सहकारीका अध्यक्ष शिव प्रसाद सञ्जेल, गुप्तेश्जरी टाेल विकास संस्प्थाकी अध्यक्ष जीव कुमारी पाैडेल, प्रभातकालीन टाेल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठ , रक्षादेवी टाेल विकास संस्थाका अध्यक्ष केशव प्रसाद काेईराला लगायतकाे आतिथ्यता थियाे ।
कार्यक्रम सहकारी संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठकाे सभाध्यक्षतामा भएको थियोे । संस्थामा २ हजार ९ सय शेयर सदस्य रहेका छन ।












प्रतिक्रिया दिनुहोस्