काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन गर्ने भएको छ ।

लुघवित्तले यही फागुन १८ गते आइतबारदेखि एफपीओ निष्कासन गर्न लागेको हो ।

लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपियाँबराबरको प्रतिशेयर १०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

उक्त कम्पनीको एफपीओ १९ हजार ५ सय ७४ जनाले १०–१० कित्ता र भाग्यमानी ३ जनाले ११–११ कित्ताका दरले पाउने छन् । अहिले सो कम्पनीको शेयर मूल्य रु. १ हजार माथि छ ।

एफपीओ निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते हुनेछ । साथै, एफपीओ निष्कासनपश्चात् लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रूपियाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।