हेटौँडा । मोरङ जिल्लाबाट आएको सामुदायिक वनका पदाधिकारीहरूले हेटौँडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेका छन् ।
मोरङ जिल्लामा रहेको कमलपुर सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि, सल्लाहकार, वनका कर्मचारी, उपभोक्ता लगायतकाले रानी सामुदायिक वनको अवलोकन गरेका हुन ।
सहभागी सामुदायिक वनका अवलोकनकर्ताहरूलाई समूहका कार्यालय सचिव भीमसेन पौडेल र वन हेरालु हरिचन्द्र सापकोटाले समूहले गरेका विभिन्न कार्यहरूको बारेमा जानकारी गराएका थिए ।
सहभागीहरूलाई वन व्यवस्थापन , वन सदुपयोग, महिला सहभागिता, वन डढेलो नियन्त्रण, सामाजिक कार्य, आयआर्जन , पर्यापर्यटन लगायतका विषयहरूमा जानकारी गराइएको थियो । कमलपुर सामुदायिक वनका अध्यक्ष गोपाल श्रेष्ठको नेतृत्वमा आएको भ्रमण दलमा ३० जनाको सहभागिता रहेको थियो । हाल सम्म रानी सामुदायिक वनको ५ सय ७० वटा भ्रमण टोलीले अवलोकन गरिसकेको समूहले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्