हेटौँडा । मकवानपुरमा भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–२ चौकीटोल बस्ने ३९ बर्षीय बिर बहादुर गुरुङ र पछाडी बस्ने. पुर्वी नवलपरासी कावासोति नगरपालिका–१३ घर भई हाल हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा डेरा गरी बस्ने ३५ बर्षीय चन्द्र बहादुर गुरुङ रहेका छन् ।
जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । मृतकहरुको श्रीमतिले सनाखत गरेको र शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए ।
बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ४०÷५० मिटर तल बुङदल खेलामा खसेर दुर्घटना भएको थियो । आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्