हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१० बसपार्क क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आइतबार बिहान ८ बजेर ४५ मिनेटको समयमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक मागी–खाई हिँड्ने जस्तो देखिने करिब ३०–३५ वर्ष उमेरका पुरुष मृत भेटिएका हुन् ।

नाम, थर र वतन नखुलेको उक्त व्यक्तिको मृत्युबारे जानकारी पाएपछि प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको र प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।