हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–६, उपचौरमा बच्चाले आगो खेलाउने क्रममा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
आइतबार बिहान भएको आगलागीबाट स्थानीय प्रकाश बलको घरसहित अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट हुँदा करिब सात लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
काठले बनेको र खरले छाएको दुईतले घरमा आगलागी हुँदा घरमा कोही थिएनन् । बच्चाहरूले आगो खेलाउने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
आगलागी भएको करिब एक घण्टापछि स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । अस्थायी प्रहरी पोस्ट गरगरेका अनुसार आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडासमेत जलेर नष्ट भएका छन् । आगलागीबाट कुनै मानवीय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ ।
गोरखापत्र अनलाइनबाट



















प्रतिक्रिया दिनुहोस्