हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ७ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष उम्मेदवार राजन थापाले ब्युटीफिकेशन (सौन्दर्यीकरण) वडा बनाउने उद्घोष गरेका छन ।
अनिरुद्र खबर संग कुराकानी गर्दै आफुले जिते वडाको समग्र विकासलाई निरन्तरता दिने बताए । उनले वडाको ब्युटिफिकेशन गुणस्तरीय शिक्षा, प्रत्येक व्यक्तिलाई खेलकुद संग जोडने, प्रत्येक कृषकले गुणस्तरीय उत्पादन गर्ने वातावरणको सिर्जना गर्ने, सडक र पूर्वाधार गुणस्तरीय हुने, बिद्युतीयकरण व्यवस्थापन गर्न भूमिगत बिद्युतीकरण गर्ने, बिद्युत पोलहरुमा रङ लगाउने, सार्वजनिक जग्गालाई पार्कको रुपमा व्यवस्थापन, साइकिल मैत्री वडा बनाउने, वन व्यवस्थापन, बिभिन्न टोलमा सामुदायिक भवन निर्माण र जेष्ठ नागरिकको लागि दिवा सेवा भवन संचालन गर्ने बताए ।
थापा २०७४ सालमा निर्वाचित जनप्रतिनिधि हुन । वडाका जनताले परिक्षण गरेको र अझैं बाँकी रहेका काम पुरा गर्न पुनः अध्यक्षमा उम्मेदवारी दिएको उनले बताए । वडाको शैक्षिक, खेलकुद, किशोरकिशोरी, बालबालिका, महिला, कृषि, स्वास्थ्य, भौतिक पूर्वाधार, साँस्कृतिक तथा पर्यटन विकासलाई प्राथमिकता दिएर काम गर्ने उनको भनाई छ ।
उनले वडा नं. ७ मा रहेका भूमिहिन सुकुम्वासीलाई लालपुर्जा दिने, दुर्घटना विमा, स्वास्थ्य विमा गरिने बताए । वडामा जन्मिने शिशुको जन्मने बित्तिकै बैक खातामा २ हजार जम्मा गरिदिने व्यवस्था पनि मिलाउने उनको भनाइ छ । जेष्ठ नागरिकलाई सम्मान र १० हजार लिटर सम्म पिउने पानी निःशुल्क गर्ने उनको योजना छ ।












प्रतिक्रिया दिनुहोस्