हेटौंडा । नेपाली काँग्रेसका उम्मेदवार बिजय भएपछि काँग्रेसका समर्थकहरुले हेटौंडामा बिजयी जुलुस निकालेका छन ।

आज साँझ मतगणना स्थल हेटौंडा २ सिद्धार्थ बाट हेटौंडाको संगम चोक बुद्ध चोक हुँदै समर्थकहरुले बिजयी जुलुस निकालेका हुन ।

हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा बिजयी भएका सविन न्यौपानेको समर्थनमा बिजयी जुलुस निकालिएको थियो । उनले नेकपा एमालेका उम्मेदवार उत्तम पौडेललाई पराजित गरेका हुन् । न्यौपाने यस अघि पनि हेटौंडा १ को वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन ।