हेटौंडा । आजमदन भण्डारी र जीवराज आश्रितको २९ औं स्मृति दिवस मनाइँदैछ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।
हरेक वर्ष जेठ ३ गते नेकपा एमालेले विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा आज अध्यक्ष केपी शर्मा ओली तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा श्रद्धाञ्जली सभामा सहभागी हुने कार्यक्रम रहेको छ ।
रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ । जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा भने बाँच्न सफल भएका थिए । तर लामाको पनि २०६० सालमा हत्या भएपछि यो घटना रहस्यमै रहेको छ ।












प्रतिक्रिया दिनुहोस्