हेटौंडा । हेटौंडा उपमहानगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुले आज सपथ लिएका छन ।

जिल्ला न्यायधित तथा मुख्य निर्वाचन अधिकृत दिल्लीरत्न श्रेष्ठले नगर प्रमुख (मेयर) मीनाकुमारी लामालाई सपथ ग्रहण गराएका थिए । मेयर मीनाकुमारी लामाले समथ लिएपछि उनले उप प्रमुख (उप मेयर) राजेश बानियाँलाई समपथ गराएकी थिइन । मेयर र उपमेयरले समपथ ग्रहण गरेपछि वडा अध्यक्ष, वडा सदस्यहरुलाई सपथ ग्रहण गराईएको हो ।

मेयर लामाले वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई सपथ ग्रहण गराएकी थिइन । मुलुक र जनता प्रति पूर्ण बफादार रहि जनप्रतिनिधिहरुल् सपथ लिएका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


सपथग्रहण कार्यक्रमलाई संबोधन गर्दै मेयर लामाले हेटौंडा उपमहानगरपालिकालाई समृद्ध नगर बनाउने अठोट गरिन । चुनाबमा पराजित भएकाहरुले पनि जितेको महसुस गर्नका लागि आग्रह गर्दै उनले भनिन्–‘हामीले प्राविधिक रुपमा जितेका हौं । प्रतिपक्षी दलको घोषणापत्र र हाम्रो घोषणापत्रलाई लिएर संगै काम गछौं ।’ नगरको विकासका लागि सबै एक भएर काम गर्ने उनले आग्रह गरिन ।