हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका निर्वतमान मेयर हरि बहादुर महतले हेटौंडामा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएका छन ।
आज हेटौंडामा भएको नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्यहरुको समपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले नव निर्वाचित जनप्रतिनिधिहरुलाई कार्यकाल सफलताको शुभकामना, बधाई दिएका हुन ।
पाँच वर्ष सम्म नगरको सेवा गर्ने अवसर प्रदान गरेकोमा उनले हेटौंडावासीलाई धन्यवाद समेत दिए । नगरको थप विकासमा लाग्न समेत उनले सबै निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे ।












प्रतिक्रिया दिनुहोस्