हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नव निर्वाचित मेयर मीनाकुमारी लामाले देश र जनताको नाममा सपथ खाइन् भने उप मेयरलाई सपथ गराउँदा ईश्वर शब्द उच्चारण गरिनन् ।

जिल्ला न्यायधित तथा मुख्य निर्वाचन अधिकृत दिल्लीरत्न श्रेष्ठले नगर प्रमुख (मेयर) मीनाकुमारी लामालाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहणको भाषामा ईश्वर शब्द मुख्य निर्वाचन अधिकृत श्रेष्ठले उचारण गरेपनि मेयर लामाले गरिनन् । उनले उपमेयरलाई सपथ गराउँदा पनि ईश्वर शब्द उच्चारण नगरेकी हुन भने उप मेयर राजेश बानियाँले भने देश, जनता र ईश्वरको नाममा सपथ लिएका थिए । बाँकी वडा अध्यक्ष तथा सदस्यहरुको सपथमा भने ईश्वर, देश र जनताको नाममा सपथ खाएका छन ।