ललितपुर । ललितपुरको बागमती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाले लगतै चार निर्णय गरेका छन ।
बागमती गाउँपालिकाको विकास र सम्बृद्धिका लागि चार निर्णय गरिएको हो ।
यस्तो छ निर्णयहरुः–
१) आगामी आर्थिक बर्षदेखि बालबिकास सहजकर्ता र बिद्यालय कर्मचारीको तलब संघीय सरकारले तोके बमोजिम व्यवस्था गरिने ।
२) पालिका भित्रका सम्पूर्ण सुत्केरी महिलालाई एम्बुलेन्स सेवा निःशुल्क ब्यबस्थापन गरिने छ ।
३) पालिका भित्रका महत्वपूर्ण पर्यटकिय क्षेत्रको विशेष बिकासको लागि महत्वपूर्ण कार्यक्रम ल्याउने ।
४) सुत्केरी महिलालाई सुत्केरी स्याहार भत्ता दुई हजार ब्यबस्थापन गरिने ।

बागमती गाउँपालिका अध्यक्षमा निर्वाचित भएका बिरबहादु लोप्चनले सपथ खाएपछि पालिका उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण पछि पालिका अध्यक्षले यस्तो निर्णय गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्