हेटौंडा । १५ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत विश्व मैत्री संघ र नेपाल भारत मैत्री संघ मकवानपुरको संयुक्त आयोजनामा उपन्यास मलिलो माटोको चर्चा हेटौंडामा गरिएको छ ।
सपना आचार्यले लेखेकाे ‘मलिलो माटो’ उपन्यास कृतिकाे समिक्षात्मक टिप्पणी मकवानपुरका प्राध्यापक तथा समालाेचक निषेश निखील, साहित्यकार हयग्रीव आचार्य र अनिता न्यौपानले गरेका थिए । उनीहरुले अर्घाखाचीँको सन्धिखर्कमा जन्मिएर बुटबलमा कर्मथलो बनाएकी आचार्यकाे उपन्यास कृतिकाे समिक्षात्मक टिप्पणी सँगै सुझावहरु दिएका थिए ।
नेपाल भारत विश्व मैत्री संघका राष्ट्रिय उपाध्यक्ष ज्योतिरत्न बज्रचार्यको अध्यक्षता तथा बुढ्यौली साहितय समाजका अध्यक्ष एंव वरिष्ठ हास्यव्यंगकार आरसी रिजालको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको थियो ।


















प्रतिक्रिया दिनुहोस्