हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोश्रो बार्षिक उत्सवमा २८ जनाले गरे रक्तदान गरेका छन ।

तीन जना महिला सहित २८ जनाले रक्तदान गरेका हुन । आज हेटौंडा अस्पताल पसिरमा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा प्रतिष्ठानका कर्मचारीहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी मकवानपुरको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशी, रजिष्टार राजेश प्रसाई, शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सतिश कुमार देव, कार्यक्रम संयोजक चिरञ्जीवि चुडाल, प्रमुख प्रशासकिय अधिकृत अमर अधिकारी, नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र हेटौंडाका प्रमुख टंक दाहाल लगायतकाको सहभागिता रहेको थियो ।