हेटौंडा । मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको आयोजना बागमती प्रदेश सहकारी बोर्डको सहयोगमा सहकारी लेखा ब्यवस्थापन तालिम सुरु भएको छ ।
चार दिनसम्म संचालन हुने तालिमको बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले प्रशिक्षकलाई तालिम सामग्री हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।

कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका सचिब दिनेश उपाध्याय, बकैया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भुमल सिं घलान, ५ का अध्यक्ष लक्ष्मी जिम्बा लगायतकाले बोलेका थिए । सहकारी संजाल बकैयाका अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा भएको कार्यक्रम मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहालले संचालन गरेका थिए । कार्यक्रममा संघका कर्मचारी राज कुमार के.सी.ले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
तालिममा बकैया, बागमती र मकवानपुरगढी गाउँपालिकामा भएका सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।


राज कुमार के.सी. 









प्रतिक्रिया दिनुहोस्