हेटौंडा । हेटौंडाका एक युवाले सडकको खाल्डाखुल्डी नपुरेको भन्दै हेटौंडा ४ का वडा अध्यक्षको राजिनामा माग गरेका छन । सुदिपराज गिरीले सामाजिक संजाल मार्फत वडा अध्यक्षको राजिनामा माग गरेका हुन ।
हेटौंडा ४ पारिजात पथ सडक खण्डमा खाल्डाखुल्डी भएका कारण सडक दुर्घटना भएको भन्दै सडक स्तरोन्तीको माग गरिएको हो । खाल्डो छलाउने धुनमा कसैले घटाएको दुर्घटनाको कारण आज मेरी छोरी अस्पतालको बेडमा छिन गिरीले भनेका छन् अरु दुर्घटना नहोस्, तत्काल खाल्डाखुल्डी पुर्नुस् । उनले वडाको सडकमा भएको खाल्डाखुल्डी नपुरेकाले भएको दुर्घटनाको नैतिक जिम्मेवारी वडा अध्यक्षले लिनुपर्ने उल्लेख गरेका छन ।
उनले सडककोे खाल्डो पुर्न तपाइँलाई कुन नियमले रोक्यो? कुन कानुनले छेक्यो? कतिवटा दुर्घटना घटेपछि बाटोको खाल्डो पुरिन योग्यता पुग्छ? के तपाईंंका दृष्टि यति धुमिल छन् कि दिन दहाडै बाटोमा थापिएको एम्बुस देख्दैनन् ? मलाई जवाफ चाहियो, भन्दै वडा अध्यक्षलाई पत्र लेखेका छन ।
मिति : २०७९ । ०३ । १५
समय : विहान १ बजे
श्री वडा अध्यक्षज्यू
वडा नं ४ को कार्यालय
हेटौंडा, ४
विषय : राजिनामा माग गरिएको बारे ।।
महोदय,
उपरोक्त विषयमा जानु अघि पारिजात पथको खाल्डोको कारण अन्य सडक प्रयोगकर्ताहरुले दुर्घटना भोग्न नपरोस् भन्ने मनसायका साथ तपाइँको मान मर्दन नहुने भए पारिजात पथको खाल्डो म पुरिदिन्छु भन्ने व्यहोरा जानकारी गराउँदछु । खाल्डो छलाउने धुनमा कसैले घटाएको दुर्घटनाको कारण आज मेरी छोरी अस्पतालको बेडमा छिन । यसको नैतिक जिम्मेवारी तपाइँले लिनुपर्छ र लिनै पर्छ । जाबो सडकको खाल्डो पुर्नुपर्छ भनेर अरुले भनिदिनु पर्ने गरि तपाइँ पदमा बसेको फिटिक्कै सुहाएन ।
त्यो खाल्डो पुर्न तपाइँलाई कुन नियमले रोक्यो? कुन कानुनले छेक्यो? कतिवटा दुर्घटना घटेपछि बाटोको खाल्डो पुरिन योग्यता पुग्छ? के तपाईंंका दृष्टि यति धुमिल छन् कि दिन दहाडै बाटोमा थापिएको एम्बुस देख्दैनन् ? मलाई जवाफ चाहियो । तपाइँको बाध्यता केहो मलाई थाहा छैन तर प्रत्येक बाटो हिँड्नेले तपाइँलाई सरापेका छन् । आज म तपाइँलाई सराप्दिन किनकी कहिलेकाहीँ मान्छेले चाहेरपनि कत्ति काम गर्न सक्दैनन् ।
त्यसैले अब विषय प्रवेश गर्दै भन्दैछु कि काम गर्न नसक्दा राजिनामापनि दिनसक्नुपर्छ भन्ने उदाहरण तपाइँले दिनुभयो भने तपाइँ मार्फत अन्य जनप्रतिनिधिहरुलाई समेत दबाब सिर्जना हुने थियो । त्यसैले अब थप दुर्घटनाको जिम्मेवारी नबोक्नुस् नैतिकताको आधारमा राजिनामा दिनुस् ।
राजिनामा माग गर्ने सुदिप राज गिरी 9855070935
प्रतिक्रिया दिनुहोस्