हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ सानोपोखरा चोकबाट पल्सर मोटरसाईकल चोरी भएको छ । बुधबार बिहान ११ बजेदेखि १२ बजेको समयमा मोटरसाईकल चोरी भएको हो ।

मकवानपुरको बकैया–१२ ठिङ्गन घर भएका किरण घलेको बागमती प्रदेश–०३–००५ प ४७८२ नंबरको २२० सिसीको कालो पल्सर सानोपोखरा चोक स्थित कोठा अगाडि पार्किङ स्थलबाट चोरी भएको रुपेन घलेले जानकारी दिए । उनले मोटरसाईकल खोजतलास गर्नको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो समय मोटरसाइकल चोरी बढेको छ । चोरी भएका बाइक कहाँ पु¥याइन्छन् भन्ने बिषयमा पनि कुनै अनुसन्धान भएको देखिएको छैन । गाउँघरको तुलनामा मोटरसाइलक चोरी हेटौंडा नगरक्षेत्रमा बढी भएको देखिन्छ । मोटरसाइकल चोरीमा संलग्न गिरोहले पार्किङ गरेको स्थान र घर कम्पाउण्डबाटै मोटरसाइकल चोरी गरेको घटना आएको हो ।

सबैभन्दा बढी बजाज कम्पनीको पल्सर चोरी हुने गरेको मकवानपुर प्रहरीले जनाएको छ । चोरी भएका मोटरसाइकल कुन हालतमा कहाँ चलिरहेका छन् भन्ने बिषयमा प्रहरी संगठन अनभिज्ञ देखिन्छ । पछिल्लो समयमा चोरीका बाइक चोरबाटो प्रयोग गरी बोर्डर पार पुग्ने गरेको श्रोतले बताएको छ ।