हेटौंडा । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका ११ नवलपुरका ८१ वर्षीय मित्र बहादुर पुडासैनी र हेटौंडा ३ बसाहामाडीका ६८ वर्षीय मीन बहादुर पुडासैनीले विद्यालयलाई जग्गा दान गरेका छन् । इन्द्रसरोबर गाउँपालिका २ मा रहेको श्री पन्चकन्या माध्यामिक विद्यालयका लागि सयुक्त रुपमा ७ आना जग्गा दान गरेका हुन् ।
उक्त जग्गा स्कुल स्थापनाको लागि ०३४ सालमा दिइएको र हाल जग्गा कानुनी रुपमा पास गरिएको हो । उक्त समयमा विद्यालयसँग जग्गा नहुँदा भवन निर्माणमा समस्या देखिएको थियो ।
भवन नहुँदा विद्यार्थी साँघुरो भवन तथा खुला चौरमै पढ्न बाध्य थिए । यसैलाई मध्यनजर गरि स्कुलको भवन निमार्णका लागि राजिखुसीले जग्गा दान गरेको वृद्ध मित्र बहादुर पुडासैनी बताए। उहाले आफ्नो स्वर्गीय पिता झम्क बहादुर पुडासैनी र माता स्वर्गीय रत्न कुमारी पुडासैनीको स्मृतिमा दिएको बताए ।
उक्त जग्गा हाल करिब ३० लाख बराबरको मुल्य हो ।












प्रतिक्रिया दिनुहोस्