हेटौंडा । हेटौंडा अस्पतालको टिकट अब मोवाईल एपबाटै काट्न सकिने भएको छ । बिमा बाहेक अस्पतालको ओपिडी टिकट मोबाइलबाटै काट्न सकिने भएको हो ।
हेटौंडाका सचेत युवाहरुले अस्पतालको सेवा सुधारका लागि आवाज उठाएपछि हेटौंडा अस्पतालले क्रमश सुधार गर्दै लाने प्रतिवद्धता अनुरुप मोवाईल एप बाटै टिकट लिन सकिने व्यवस्था गरिएको हो । सेवाग्राहीहरु घण्टौं लाइनमा बसेर टिकट काउन्टरबाटै टिकट काट्नुपर्ने बाध्यता हट्ने भएपछि युवाहरुले उठाएको आवाजले सार्थकता पाउँदै गएको सचेत युवा दिपेन्द्र चन्द ठकुरीले बताए । उनी सहित रामशरण कार्की, दिनेश लामा लगायतकाले अस्पतालले सुरुवात गरेको कामको स्वागत समेत गरे ।
आजबाट बिमा बाहेकका बिरामीले मोबाइलबाटै आफुलाई चाहिने चिकित्सकको ओपिडी समय लिन सक्नेछन् । त्यसका लागि हेटौंडा हस्पिटल एप डाउनलोड गर्नु पर्नेछ । बिमाका बिरामीको हकमा पनि यो सुबिधा केहि दिन पछी लागु गरिने अस्पतालले जनाएको छ ।
सेवाको बारे नागरिकलाई बुझाउन अस्पताल परिसरमा हेल्प डेस्कको समेत स्थापना गरिएको छ । बिरामी र बिरामीका आफन्तलाई अनलाइनबाट किटक कसरी काट्ने र कसरी पैसा तिर्ने भन्ने सिकाउनको लागि डेस्क राखिएको अस्पतालले जनाएको छ ।
यसरी काट्न सकिन्छ अनलाईन टिकट ?

सुरुमा तपाई मोबाइलको प्ले स्टोरमा जानुहोस ।
Hetauda hospital टाइप गरि उक्त एप डाउनलोड गर्नुहोस । एप खोलेपछि सुरुमा आफ्नो मोबाइल नम्बर राख्नुहोस ।
ओटिपि कोडको लागि एकैछिन कुर्नुहोस । तपाइको मोबाइलमा कोड आएपछि उक्त कोड राख्नुहोस अनि virefy बटममा थिच्नुहोस ।
त्यसपछि तपाइँको जिमेल एकाउन रोज्ने अप्सन आउछ एउटा एकाउन्ट रोज्न सक्नुहुन्छ ।
त्यसपछि तपाइको व्यक्तिगत विवरण भर्नुहोस् र Submit मा थिच्नुहोस ।
पासवर्ड राख्ने २ वटा कोठा देखिने छ । उक्त कोठाहरुमा तपाइँले सम्झिने पासवर्ड राख्नुहोस । २ वटै कोठामा राखिएको पासवर्ड एकै हुनुपर्नेछ ।
त्यसपछि तपाइको ठेगाना राख्ने स्थान आउनेछ, माथि skip भन्ने बटम देखिएपनि यो तपाईले अनुवार्य भर्नु पर्नेछ ।
तपाइँको व्यक्तिगत विवरण पुरा भयो ।

अब तपाईलाई के सम्बन्धि समस्या छ सम्बन्धित नाममा थिच्नुहोस । कति गते चिकित्सकलाई भेट्नुपर्ने हो सोहि गतेमा थिच्नुहोस ।
अब तपाई नयाँ बिरामी हो या पुरानो हो छुट्याउनुहोस्, नयाँ हुनुहुन्छ भने नयाँमा थिच्नुहोस । त्यहाँ तपाइको नाम देख्नुहुनेछ त्यहाँ थिच्नुहोस । (पुरानो बिरामी भए ओपिडी नम्बर राख्नुहोला )
त्यहाँ तपाइको विवरण आउने छ । अब तपाइले ओपिडी टिकटको शुल्क तिर्नु पर्ने हुन्छ । तल pay now मा थिच्नुहोस ।
टिकट लिनको लागि ४ वटा माध्यम देखिन्छन् । आइएमइ पे, कनेक्ट आइपिएस् , ए-सेवा र खल्ती एप । तपाईले यी ४ मध्ये एक छानेर ओपिडी शुल्क ३० रुपैंया अनलाइनबाट भुक्तानी पर्नुपर्ने छ ।
अब तपाइकोको ओपिडी टिकट काटिएको छ । तपाइले रोज्नु भएको दिन सम्बन्धित स्वास्थ्य समस्याको चित्कित्सक बस्ने कोठामा तपाईको टिकट पुग्ने छ ।












प्रतिक्रिया दिनुहोस्