हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै कम्प्रोमाइज नगर्ने बताएका छन् ।
शुक्रबार मकवानपुरमा क्रियाशील पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक गौतमले लागू पदार्थ ओसारपसार नियन्त्रणदेखि प्राकृतिक स्रोतको गैरकानुनी दोहन रोक्नेसम्मका योजनाहरु रहेको बताए ।
उनले जिल्लामा लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षा, घरेलु मदिरा नष्ट, यौन व्यवसाय नियन्त्रण कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्था लगायतका विषयमा आफु प्रतिवद्ध रहेको जनाए ।












प्रतिक्रिया दिनुहोस्