हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले कुकुर नियन्त्रण गर्नका लागि पोथी कुकुरलाई गर्भनिरोधक तीन महिने सुई लगाउने कार्यक्रम स्थगित भएको छ ।
थाहा नगरपालिकाका भेटेरिनरी अधिकृत राघविन्द्र मिश्रले सूचना जारी गर्दै सुई लगाउने कार्यक्रम हालका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।
यसअघि शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै कुकुरको संख्या बढ्न नदिनका लागि गर्भनिरोधक सुई लगाउन प्राविधिक खटाएको जानकारी दिएको थियोे । थाहा नगरपालिकाका भेटेरिनरी अधिकृत मिश्रले शुक्रबार देखि १० दिनसम्म नगरपालिकाको १२ वटै वडामा पोथी कुकुरलाई गर्भनिरोधक सुई लगाउने भनिएपनि हाललाई सुई लगाउने कार्यक्रम स्थगित गरिएको हो ।












प्रतिक्रिया दिनुहोस्