हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १० बसर्पाकस्थित बाइपास सडकमा छाप र नम्बर बिनाको रसिद दिर्दै हेटौंडा उपमहानगरपालिकाले राजस्व असुली गरेको छ । लामो समयदेखि नगरपालिकाका कर्मचारीको सेटिङमा अबैध रसिद दिदै राजस्व संकलन गर्ने र आफ्नै गोजि भर्ने काम भएको हो ।
आइतवार बिहान छाप र बिना नम्बरको रसिद तथा एक सय रुपैयाँको बिल दिएर ५ सय रुपियाँ असुली गरेपछि हेटौंडा १ चाइनाक्वाटरका रमेश कुमार खड्काले रसिद नियन्त्रणमा लिन खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको छ । खड्का हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरको कन्ट्रोल रुममा रहेका छन् । उनका अनुसार नेपाली सवारीलाई दिइने रसिदमा छाप र नम्बर छैन भने भारतिय सवारीलाई एक सय रुपियाँको बिल दिएर कर चौकीमा बस्ने नगरपालिकाका कर्मचारीले रकम असुल गरेका हुन् । छाप र नम्बर बिनाको रसिद प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपमहानगरपालिकाले बाइपास सडकमा कर चौकी (डाट) राखेर पटके सवारी कर उठाउँदै आएको छ । बाइपासबाट गुड्ने विदेशी टेलर, लहरीलगायत हेभी गाडी, १० चक्का वा सो भन्दामाथि ५ सय रुपैयाँ, १० चक्काभन्दा तल विदेशी बस तथा ट्रकलाई ३ सय, विदेशी मिनिबसलाई एकसय ५०, विदेशी जीप तथा कारलाई एक सय, स्वदेशी बस, ट्रक, मिनिबस, माइक्रो, ट्याक्टरलाई २०, स्वेदशी भाडाका जीप तथा कारलाई १० र स्वदेशी जीप, कार तथा टेम्पोलाई ५ रुपैयाँ सवारी कर उठाउँदै आएको छ ।
हेटौंडा उपमहानगरपालिकाका अनुसार उपमहानगरपालिकाले निर्माण गरेको सडकमा कर लिन पाउने व्यवस्था रहेको बुझिएको छ । राष्ट्रिय राजमार्गमा भने हेटौंडा उपमहानगरपालिकाले कल लिन नपाउने व्यवस्था छ । स्रोतका हेटौंडा उपमहानगरपालिकाले नै कर्मचारी राखेर अमानत मार्फत राजस्व संकलन गर्दै आईरहेका छन् ।
यस बिषयमा हेटौंडा उपमहानगरपालिकाका उप मेयर राजेश कुमार बानियाँ र प्रवक्ता सविन न्यौपाने संग जानकारी लिदा घट्नाबारे बुझ्दै गरेको बताए । यदि नगरपालिकाको रसिद दुरुपयोग गरेको भए आवश्यक जानकारी लिएर थप प्रक्रिया अगाडि बढाउने बताईएको छ ।
यता प्रहरीले नियन्त्रणमा लिएको रसिद भने सार्वजनिक गरिएको छैन् । रसिद सार्वजनिक नगरिदा आम जनतामा भने आशंका पलाएको छ हेटौंडा उपमहानगरपालिका र प्रहरी बिच ।












प्रतिक्रिया दिनुहोस्