हेटौंडा । नेकपा माले मकवानपुरले प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि माले मकवानपुरले मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा ६ जनाको नाम सिफारिस गरेको छ ।
माले मकवानपुरको साउन २६ गते विहीबारको बैठकले मकवानपुर जिल्लाको २ वटा निर्वाचन क्षेत्रबाट ६ जनाको नाम सिफरिस गरेको मालेका जील्ला अध्यक्ष कुमार बहादुर संजेलले जानकारी दिए ।
माले मकवानपुरको साउन २६ गते विहीबारको बैठकले क्षेत्र नं १ मा पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज समेत रहेका कृष्ण प्रसाद दाहाल सहित कुमार बहादुर संजेल र अम्बिका लामिछानेको नाम सिफारिस गरेको हो ।
त्यस्तै मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट तीर्थराज सुबेदी, उद्धब अधिकारी र सबिना बिश्वकर्माको नाम सिफारिस गरेको छ ।












प्रतिक्रिया दिनुहोस्