हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रस्थित अनामिका खाद्य उद्योगमा सिल गरिएको छ । मस्यौरा उत्पादन गर्ने उद्योगले बजारबाट फकाईएको मस्यौरा फेरि बजारमा पठाएर बदमासी गरेको पाइएपछि उद्योगमा स्थानीय प्रशासनले सिल गरेको हो ।

यस्तै, औद्योगिक क्षेत्रकै भ्याली फिडबाट उपभोग्य मिति समाप्त भएको दाना ४५ बोरा जफत गरी नष्ट गरिएको छ । उद्योगले उत्पादन गरेको २ सय ६० बोरा दानामा उत्पादन मिति उल्लेख नभएको पाइएकोले बिक्री वितरणमा रोक लगाइएको बताइएको छ ।

अनुगमन टोलीले डिडिसी, एन्टारटिक बिस्कुट, खजुरी बिस्कुटमा निरीक्षण गरेको थियो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख डा. क्षितिज श्रेष्ठलगायत हेटौंडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, सन्चारकर्मीको टोलीले अनुगमन गरेको हो ।

तस्बिर: बासु खतिवडाको फेसबुकबाट ।