हेटौंडा । देशमा भएको परिवर्तनको मुख्य एजेन्डा माओबादीको भएकोले अबको निर्वाचनमा माओबादीले स्पष्ट बहुमत ल्याउनुपर्ने नेकपा माओवादी केन्द्रको पोलिटबियुरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले बताएकी छिन् । उनले देशको समग्र बिकासको लागि माओबादीको नेतृत्व आवश्यक रहेको समेत बताइन् ।

सोमबार नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्दै मोक्तानले मंसिर ४ मा हुने प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई बिजयी गराउन एकजुट भएर लाग्न सम्पुर्ण नेता कार्यकर्तालाई आग्रह गरिन ।

थाहा नगरको शंकर होटलमा भएको माओवादी केन्द्र थाहा नगरको बिस्तारित बैठकमा अर्का केन्द्रीय सदस्य सन्तोष बिष्टले आगामी निर्वाचनमा केन्द्रित हुन र पार्टीको निर्णय कार्यान्वयन गर्न आग्रह गरे ।

बिस्तारित बैठकले नगरकमिटि पदाधिकारीको समेत चयन गरेको छ । जस अन्तरगत उपाध्यक्षहरुमा सुमन कार्की, प्रमोद गोपाली, नवराज बिष्ट, सचिबमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा मंगल बहादुर मोक्तान चयन भएका छन् ।

त्यस्तै बैठकले नगर कमिटी सदस्यमा १३ जना मनोनित समेत गरेको छ । मनोनित हुनेहरुमा मंगलाल गोपाली, राधिका रायमाझी, शिब कुमार खत्री, मोहन कृष्ण गोपाली, इमान सिं थिङ, रुप चन्द्र सापकोटा, अञ्जली बलामी, नरेश घलान, सानोभाई खड्का, राज कुमार के.सी., रुपचन्द्र गोपाली, निरन्जन गोले, मदन गोपाली रहेका छन् ।

थाहा नगर कमिटी अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षता भएको बिस्तारित बैठकमा नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेम बहादुर पुलामी, बिशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटी सदस्य लबशेर बिष्ट, इन्द्र बहादुर श्रेष्ठ, ज्योति रायमाझी, बिर बहादुर घलान, जिल्ला समन्वय समिति सदस्य जयराम रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।

बैठकले नगर कमिटी लामाले पेश गरेको राजनैतिक आर्थिक प्रतिबेदन अनुमोदन गर्नुका साथै आगामी भाद्र १२ गते थाहा नगरको १२ वटै वडाको बैठक गर्ने निर्णय गरेको नगर कमिटी सचिब लक्ष्मण बिष्टले बताए ।

राज कुमार के.सी.
थप जानकारी