हेटौंडा । पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले आउँदो प्रतिनिधि तथा प्रदेशसभामा आफु उम्मेद्वार नहुने घोषणा गरेका छन् ।

अबको पुस्ताले नयाँ अनुहार खोजेको भन्दै पौडेलले अब नाती पुस्तालाई समर्थन रहने समेत बताएका छन् । सामजिक सञ्जाल मार्फत उनले अब हुने कुनै प्रकारको निर्वाचनमा आफु भाग नलिने घोषणा गरेका छन् ।