हेटौंडा । ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि एमाले मकवानपुरले मकवानपुर क्षेत्र नंबर १ को लागि ५ जनाको नाम सिफारिस गरेको छ ।
आज बसेको एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नंबर १ को बैठकले ५ जनाको नाम सिफारिस गरेको हो ।
बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना,केन्द्रीय सदस्य तथा हालका प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहाल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा अधिवक्ता मदनकुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरु नरहरी महत र रमिला सापकोटालाई उम्मेद्वारका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।












प्रतिक्रिया दिनुहोस्